Thursday, December 12, 2024

गुरु गंगा लामिटारेलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा सम्मान

spot_img

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले नेपाली भाषा र साहित्यको क्षेत्रका एक सम्मानित व्यक्तित्व गुरु गंगा लामिटारेलाई विशेष सम्मान प्रदान गरेको छ। लामो समयदेखि नेपाली भाषा, साहित्य, र संस्कृतिका लागि समर्पित लामिटारेको योगदानलाई कदर गर्दै यो सम्मान प्रदान गरिएको हो।

नेपाली भाषाका लागि जीवनभर संघर्ष गरेका र समर्पित लामिटारेलाई भुटानी समाजबाहिरका संस्थाहरूबाट गरिएको सम्मानले थप गर्वको महसुस गराएको छ। यो सम्मानले गुरु लामिटारेलाई मात्र होइन, सम्पूर्ण नेपाली भाषी भुटानी समुदायलाई पनि गौरवान्वित बनाएको छ।

भुटानी समुदायको तर्फबाट लामिटारेलाई हार्दिक बधाई दिँदै “गुरु गंगा लामिटारेलाई अनेसासले गरेको सम्मानले हामी सबैलाई गर्व लागेको छ। यो सम्मानले उहाँको योगदानको सही मूल्यांकन भएको महसुस गराउँछ। सम्पूर्ण नेपाली भाषी भुटानीहरूको तर्फबाट हार्दिक बधाई तथा शुभकामना।”

गंगा लामिटारेले आफ्नो जीवनभर नेपाली साहित्य, भाषा संरक्षण, र यसको प्रचारप्रसारका लागि अनवरत योगदान पुर्‍याएका छन्। अनेसासले गरेको यो सम्मानले नेपाली साहित्य र संस्कृतिका अभियन्ताहरूलाई थप प्रेरणा दिने विश्वास गरिएको छ।

नेपाली भाषा र साहित्यको विकासमा संलग्न व्यक्तित्वहरूलाई यस्ता सम्मानले प्रोत्साहन मिल्ने र नेपाली समुदायबीच एकताको भावना बलियो हुने अपेक्षा गरिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय