सिमन राई
२६ भदौ, झापा । दुवै मिर्गौला खराब भएका झापा शिवसताक्षी –८ का पीयुष श्रेष्ठको परिवारलाई आर्थिक सहयोग स्वरुप १५ हजार रुपैया फेसबुक ग्रुप गोर्खाली हर्ट परिवारले गरेको छ ।
ग्रुपले उक्त रकम सामजिक सञ्जाल फेसबुकबाट संकलन गरेका हुन र सो रकम पडित परिवारलाई आईतबार हस्तान्तरण गरिएको छ ।
पीयुषको दुवै मिर्गौला फेल भए पछि उनको आमाले उनलाई एउटा मिर्गौला दिएर हालै सफल प्रत्यारोपण भएको थियो । उक्त बिरामीको थप उपचारको लागी सो रकम उपलब्ध गराईएको र ग्रुपले अझै सहयोगको लागी अभियान चलाउने ग्रुपले बताएका छन ।
सो रकम ग्रुपका संस्थापक दिपक दाहाल, विजय खुदाङ रेजिना क्षेत्री लगायतको समुहले संकलन गरेका हुन ।
ग्रुपले बिभिन्न सामाजिक काममा आफुलाई समीलीत गराउदै र गर्दै आएको छ । र सोहि ग्रुपले झिलझिलेकी बिरामी सोनिया भुजेललाई पनि उपचारको लागी ६० हजार सहयोग रकम उपलब्ध गराउने तयारीमा रहेको छ ।