Saturday, October 5, 2024

नेपाल ईतिहास रच्ने तयारीमा : माल्दिभ्सलाइ ‘चिठ्ठा’

spot_img

सिमन राई
२६ भदौ, झापा ।  बंगलादेशको ढाकामा भईरहेको साफ च्याम्पीयनसिप १२औ संस्करणको फुटबल खेलमा नेपाल ईतिहास रच्ने तयारीमा छ ।
पहिलो खेल पाकिस्तानसंग २–१ गोल अन्तरले पछि परेको नेपाल दोस्रो खेलमा भुटानलाई ४–० गोल अन्तरले हराउदै तेस्रो खेलमा आयोजक बंगलादेशलाई २–० गोल अन्तरले हराउदै समुह ‘ए’ बिजेता बनि सेमिफाईनलको यात्रा तय गरेको हो ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा नेपाली टिम बंग्लादेश प्रस्थान गर्दै सेमिफाईनल सम्मको यात्रा तय गरेको छ । नेपालको अबको लक्ष्य भनेको विजेताको ट्रफिलाई उचाल्नु हो । तर त्यो भन्दा पहिला नेपालले माल्दिभ्सको सामना गर्नुपर्ने छ ।

नेपालले एक खेलमा हार संगै दुई खेलमा सानदार जित निकाल्दै समुह ‘ए’ बिजेता बन्दै सेमिफाईनलमा पुगेको हो भने माल्दिभ्स समुह चरणको दुई खेल बराबरी खेल्दै टसमा आफुलाई भाग्यमानी साबित गर्दै समुह ‘बि’ को उपबिजेताको रुपमा सेमिफाईनलमा पुगेको हो ।

साफ च्याम्पीयनसिपमा नेपाल र माल्दिभ्स जम्मा ६ खेल भिडेका छन, जस मध्ये चार खेल माल्दिभ्सले जितेको छ भने दुई खेल बराबरी भएको छ । अहिले सम्म नेपालले माल्दिभ्सलाई हराउन सकेको छैन ।

एक समय दक्षिण एसियाकै बलियो टोलीको रुपमा मानिने माल्दिभ्स एसपाली राम्रो खेल देखाउन सकिरहेको छैन ।

प्रतियोगितामा तेती राम्रो प्रदर्शन गर्न नसकेको माल्दिभ्स बिरुद्ध राम्रो नतिजा निकाल्न सक्नेमा नेपाली टोली तथा प्रशिक्षक ढुक्क छन ।

आफ्नो टिम को सबै खेलाडीहरु एकसेएक रहेको र खेलमा जुनसुकै खेलाडीले स्कोर गर्न सक्ने प्रशिक्षक बालगोपाल महर्जन बताउछन ।

नेपालले साफ च्याम्पीयनसिपको करिब २५ बर्षको यात्रामा अहिले सम्म सेमिफाईनलको यात्रा पार गर्न सकेको छैन ।

लामो समय पछि राष्ट्रिय टिममा फर्केका निराजन खड्का नेपालले यो पटक जित्नै पर्ने दाबी गर्छन ।


बुधबार हुने सेमिफाईल खेलको लागी नेपाली टोली आज धनमुण्डी खेल मैदानमा अभ्यास गरिरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय