२० कात्तिक । यूएईका अलराउन्डर रोहन मुस्ताफाले सुदूरपश्चिम रोयल्स र इंग्ल्याण्डका म्याट क्रिटले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।
सुदूरपश्चिमले चौथो विदेशी खेलाडीका रूपमा मुस्ताफालाई टोलीमा अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको छ । योसँगै सूदूरपश्चिमले विदेशी खेलाडीको कोटा पूरा गरेको छ ।
त्यस्तै इंग्ल्याण्डका अलराउण्डर म्याट क्रिटले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । पोखराले अलराउन्डर म्याटलाई हिजो अनुबन्ध गरेको हो । म्याटले अस्ट्रेलियाको बिग बाश लिग खेलेका छन् । उनले अहिलेसम्म राष्ट्रिय टोलीबाट भने खेलेका छैनन् ।
पोखराले म्याटलाई चौथो विदेशी खेलाडीको रूपमा अनुबन्ध गर्दै चार जना विदेशी खेलाडीको कोटा पूरा गर्ने पहिलो टोली बन्यो । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा एनपीएलको पहिलो संस्करण आउँदाे मङ्सिर १५ देखि पुष ६ गतेसम्म हुनेछ ।