२० कात्तिक । इङ्लिस प्रिमियर लिग फुटबलमा फुलहमले ब्रेटफोर्डलाई हराएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा फुलहमले ब्रेटफोर्डलाई २–१ गोलले हराएको हो ।
फुलहमको जीतमा ह्यारी विलसनले दुई गोल गरे । खेलमा ब्रेटफोर्डले सुरुवाती अग्रता बनाए पनि अन्तिम समयमा जोगाउन सकेन । ब्रेटफोर्डका लागि २४औँ मिनेटमा भिटाली जनेल्टले गोल गरेर अग्रता बनाएका थिए । फुलहमका विलसनले दोस्रो हाफको थप समयमा दुई गोल गरे ।
जीतसँगै १० खेलबाट १५ अङ्कका साथ फुलहम तालिकाको नवौँ स्थानमा उक्लिएको छ । समान खेलम १३ अङ्क रहेको ब्रेन्टफोर्ड १२ औँ स्थानमा छ । तालिकामा १० खेलमा २५ अङ्कका साथ लिभरपुल शीर्ष स्थानमा छ ।