Sunday, October 6, 2024

लेबनानको राजधानी बेरुतमा इजरायलको ठूलो आक्रमण

spot_img

१७ असोज । इजरायलले लेबनानको राजधानी बेरुतमा ठूलो आक्रमण गरेको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि इजरायलको यो पछिल्लो ठूलो आक्रमण हो । यो आक्रमणबाट भएको क्षतिको विवरण आइनसकेको बीबीसीले जनाएको छ ।

इजरायलको आक्रमणबाट हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र लेबनानको बेरुतमा आईआरजीसीका कमाण्डर अब्बास निलफोरोसनको ज्यान गएको थियो । त्यसैको बदलास्वरुप इरान र लेबनानले इजरायलमाथि आक्रमण गरेका छन् ।

अस्ति मङ्गलवार राति एकैदिन इरानले झण्डै २ सय  मिसाइल इजरायली भूमिमा आक्रमण गरेको थियो । त्यसपछि तनाव झन् बढेको छ । लेबनानको भूमिमा घुसेर इजरायली सेनाले हिजबुल्लाह लक्षित आक्रमण गर्दै आएको छ ।

इजरायली सेनाले लेबनानको ४ सय  मिटर क्षेत्रमा प्रवेश गरेको जनाएको छ । यसैक्रममा लेबनानको तर्फबाट भएको आक्रमणमा इजरायलका आठ सैनिकको ज्यान गएको थियो । हिजबुल्लाह र इजरायली सेनाबीच ठाउँठाउँमा झडप भइरहेको छ ।

मध्यपूर्वको अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदको आपतकालीन बैठक बोलाएको खबरमा उल्लेख छ ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय