Sunday, October 6, 2024

रुस–युक्रेन युद्धका कारण झन्डै ५ सय जना वैज्ञानिक प्रभावित हुन सक्ने

spot_img

१४ असोज ।  युरोपको भौतिकशास्त्र प्रयोगशाला सिइआरएनले आउँने नोभेम्बरको अन्त्यमा रुससँगको सहकार्य तोड्दा रुसी संस्थानसँग सम्बद्ध भन्डै पाँच सय जना वैज्ञानिक प्रभावित हुने बताएको छ । सिइआरएनको निर्णय लिने संस्थाले युक्रेनमा युद्धका कारण सन् २०२२ जुनमा रुस र उसको सहयोगी बेलारुससँगको सहकार्य सम्झौता अन्त्य गर्ने निर्णय गरेको थियो ।

प्रयोगशालाका अनुसार बेलारुसको पाँच वर्षको सम्झौता गएको जुन २७ मा समाप्त हुँदा नवीकरण गरिएको थिएन । रुससँगको सम्झौता पनि नोभेम्बर ३० मा समाप्त भएपछि यसलाई अगाडि बढाइने छैन ।

यसअघि नै १५ जना बेलारुसी वैज्ञानिकलाई सिइआरएनसँगको सहकार्यबाट रोकिएको थियो भने चाँडै सयौँ रुसी वैज्ञानिकले पनि यस्तै परिस्थितिको सामना गर्ने अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्  । ती वैज्ञानिक प्रयोगशालबाट काम गर्दै सिइआरएन सम्बद्ध प्रयोग र तथ्याङ्क विश्लेषण कार्यमा सहभागी भएका थिए ।

ठूलो सङ्ख्यामा वैज्ञानिक बाहिरिने भएपछि सिइआरएनले महत्त्वपूर्ण वित्तीय योगदान गुमाउनेछ । रुसले प्रयोगशालाको विशाल कण उत्प्रेरक लार्ज हाड्रोन कोलाइडरमा सञ्चालित प्रयोगको वार्षिक सञ्चालन लागतको झन्डै चार दशमलव पाँच प्रतिशत अर्थात् २७ लाख डलर योगदान दिँदै आएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय