Sunday, October 6, 2024

अन्तरिक्षमा रोकिएका दुई जना यात्रीलाई लिन स्पेस एक्सको रकेट प्रक्षेपण

spot_img

१३ असोज ।  अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा महिनौँदेखि फसेका अमेरिकी अन्तरिक्ष यात्रीलाई पृथ्वीमा फर्काउन स्पेसएक्सको रकेट प्रक्षेपण भएको छ । फ्लोरिडाको केप क्यानाभेरलबाट फाल्कन नौ रकेटको प्रक्षेपण गरेको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ ।

यानमा नासाका अन्तरिक्ष यात्री निक हेग र रुसी अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभ रहेका छन् । आउँदो फेब्रुअरीमा अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किँदा उनीहरूले दुई अन्तरिक्षयात्री बुच विल्मोर र सुनी विलियम्सलाई फिर्ता ल्याउनेछन् । उनीहरु यसअघि बोइङको यानमा समस्या आएपछि अन्तरिक्षमै रोकिएका थिए ।

विल्मोर र विलियम्स गएको जुनमा अन्तरिक्ष केन्द्रमा पुगेका हुन् । अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले आईएसएस चालक दलका सदस्यलाई घुमाउन अनुमति दिन प्रत्येक छ महिनामा नियमित मिसन उडान गर्दै आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय