Sunday, October 6, 2024

युक्रेनसँगको युद्धमा ठूला आणविक आक्रमण शुरु गर्ने रुसको चेतावनी

spot_img

१० असोज । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गैर–आणविक राज्यबाट आणविक हतियारको समर्थनमा भइरहेको आक्रमणलाई कसैको सहयोगमा भएको संयुक्त आक्रमण हुनसक्ने भन्दै युक्रेनसँगको युद्धमा आणविक हतियार प्रयोग गर्न बाध्य भएको बताउनुभएको छ । उहाँले रुसले आणविक हतियार प्रयोग गर्ने विषयमा केही नियम र पूर्व सर्तहरु परिवर्तन गर्न लागेको बताउनुभयो ।

युक्रेन एक गैर–आणविक राज्य भए पनि अमेरिका र अन्य आणविक देशबाट सैन्य समर्थन प्राप्त गरेको रुसको दाबी रहेको बीबीसीले जनाएको छ । युक्रेनको राजधानी कीभले रूसमा सैन्य क्षेत्रमा लामो दूरीको पश्चिमी मिसाइल प्रयोग गर्न स्वीकृति खोजेपछि पुटिनको यस्तो प्रतिक्रिया आएको हो ।

अमेरिकामा भ्रमणमा रहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वाशिङ्गटनमा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेटेर लामो दूरीको मिसाइल प्रयोगको प्रस्तावबारे छलफल हुनसक्ने खबरमा उल्लेख छ ।

यसअघि चीनले पनि पुटिनलाई आणविक हतियार प्रयोग नगर्न चेतावनी दिनुभएको थियो । उहाँले युद्धरत राज्यहरूले ठूला आणविक आक्रमणहरु शुरु गर्ने हो भने विनाश र विपत्ति निम्याउने जोखिम बढ्ने बताउँदै आउनुभएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय