Saturday, October 5, 2024

झापा मिडिया कपको खेल तालिका सार्वजनिक

spot_img

९ असोज, बिर्तामोड ।  बुद्धशान्ति प्रेस क्लबले आयोजना गर्ने झापा मिडिया कप २०८१ को खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचीनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा गर्ने छ । त्यस्तै पत्रकार मञ्च दमक र खेलकुद पत्रकार मञ्च झापा सहभागी हुनेछन् ।

असोज १७ गते सुरु हुने प्रतियोगिताको तालिका अनुसार उद्घाटन खेलमा आयोजक बुद्धशान्ति र अर्जुनधारा प्रेस क्लबले प्रतिस्पर्धा गर्नेछन् । सोही दिन पहिलो चरणका अन्य ३ खेल हुनेछ ।

जसअन्तर्गत आयोजक कनकाई प्रेस क्लबले भद्रपुर प्रेस क्लबसँग र मेचीनगर प्रेस क्लबले दमक पत्रकार मञ्चसँग खेल खेल्नेछ । नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखा भने सिधै बाइ पाएर सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको विजेताले नगद २५ हजार र ट्रफी पाउनेछन् भने उपविजेताले नगद १५ हजार पाउने छन् । घटस्थापनाको दिन र भोलिपल्ट हुने प्रतियोगिता होक्सेस्थित त्रिभुवन माविको खेलमैदानमा हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय