Sunday, October 6, 2024

सिङ्गापुरका पूर्व यातायात मन्त्री ईश्वरन स्थानीय अदालतबाट दोषी ठहर

spot_img

सिङ्गापुरका पूर्व यातायात मन्त्री सुब्रमण्यम ईश्वरन भ्रष्टाचार मुद्दामा स्थानीय अदालतबाट दोषी ठहर भएका छन् । उनले पदमा रहँदा उपहार प्राप्त गरेको आरोप लागेको थियो ।

६२ वर्षीय ईश्वरनलाई शुरूमा भ्रष्टाचारको आरोप लगाइएको थियो तर अभियोजनकर्ताले सुनुवाइ शुरू हुने क्रममा यी आरोपको केही परिमार्जन गरेका बीबीसीले जनाएको छ ।

सार्वजनिक अधिकारी वा व्यक्तिलाई भ्रष्टाचारको मुद्दा लाग्नु सिङ्गापुरमा दुर्लभ मानिन्छ । ईश्वरनलाई एक अर्बपति घरजग्गा कारोबारीको व्यावसायिक हित प्रवर्द्धन गरेबापत उपहार र सुविधा लिएको लगायतको आरोप लागेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय