Sunday, October 6, 2024

जेलेन्स्कीले बाइडेन, ह्यारिस र ट्रम्पलाई रुसविरुद्ध ‘विजयको योजना’ प्रस्तुत गर्ने

spot_img

७ असोज ।  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आउँदो बिहीवार अमेरिकी राष्ट्रपति जो बाइडेनसमक्ष रुसविरुद्ध विजयको योजना प्रस्तुत गर्ने तयारी गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जेलेनेस्की अहिले अमेरिकामा हुनुहुन्छ । उहाँले आउँदो बिहीवार राष्ट्रपति बाइडेनसमझ रुसविरुद्ध विजयको योजना प्रस्तुत गर्ने र त्यसपछि राष्ट्रपतिका उम्मेदवार कमला ह्यारिस र डोनाल्ड ट्रम्पलाई पनि भेटेर योजना सुनाउने तयारी गर्नुभएकाे बीबीसीले जनाएको छ ।

जेलेनेस्कीले रुसविरुद्धको विजय योजनामा के समावेश गर्नुभएको छ भन्ने अझै खुलेको छ । तर अमेरिका र युरोपका साझेदारहरूबाट प्राप्त क्षेप्यास्त्रले रुसको भित्री भागसम्म आक्रमण गरेर रुसलाई वार्ताका लागि बाध्य पार्ने, रुसलाई थप कूटनीतिक दबाब र आर्थिक नाकाबन्दीबाट शान्तिको बाटोमा आउन बाध्य पार्ने र सन् २०२२ मा युक्रेनमाथि भएको पूर्ण आक्रमणका लागि रुसलाई जिम्मेवार ठहर्‍याउने योजना जेलेनेस्कीसँग रहेको स्रोतहरूलाई उल्लेख गर्दै बीबीसीको खबरमा उल्लेख छ ।

युक्रेनले अमेरिका, बेलायत र अन्य पश्चिमी मित्र राष्ट्रहरूलाई लामो दूरीको क्षेप्यास्त्रको प्रयोगमा लगाइएको प्रतिबन्धलाई हटाउन महिनौंदेखि आग्रह गर्दै आएको छ । तर अमेरिका र अरू सहयोगीले दिएका हतियारले रुसमा आक्रमण गरेमा रुस र नेटोबीच सिधै युद्ध हुने डरले अमेरिका र अरू सहयोगीले युक्रेनको आग्रह स्वीकार गरेका छैनन् ।

सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका नै युक्रेनको सबैभन्दा ठूलो सहयोगी बनेको छ । अमेरिकाले अहिलेसम्म ५६ अर्ब डलर बराबरको सहयोग गरेको छ । रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले भने अमेरिकाले युक्रेनलाई दिएको सहयोगलाई पैसाको बर्बादी भन्दै आफू विजयी भएमा २४ घण्टाभित्र युद्ध रोक्ने दाबी गर्दै आउनुभएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय