Saturday, October 5, 2024

बङ्गलादेशसँगको पहिलो टेष्ट क्रिकेट भारतले जित्यो

spot_img

६ असोज । बङ्गलादेशसँगको पहिलो टेष्ट क्रिकेट भारतले जितेको छ । चेन्नईमा भएको पहिलो टेस्टमा भारतले बङ्गलादेशलाई २ सय ८० रनले हराएको हो ।

भारतले दिएको ५ सय १५ रनको लक्ष्य पछ्याएको बङ्गलादेश आज चौथो दिनको खाना समयअघि नै २ सय ३४ रनमा अलआउट भयो । उसका नजमुल होसाइन शान्तोले सर्वाधिक ८२ रन बनाए ।

भारतका रविचन्द्रन आश्विनले ६ विकेट लिए । दुई खेलको टेस्ट र तीन खेलको टी–२० क्रिकेट खेल्न बङ्गलादेश भारतको भ्रमणमा रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय