Sunday, October 6, 2024

पूर्वी इरानको कोइला खानीमा भएको विस्फोटमा कम्तीमा ५१ जनाको ज्यान गयो

spot_img

६ असोज । पूर्वी इरानको एक कोइला खानीमा भएको विस्फोटमा कम्तीमा ५१ जनाको ज्यान गएको छ । खानीको दुई वटा ब्लकमा मिथेन ग्यासको चुहावटका कारण विस्फोट भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।

यो खानी इरानको राजधानी तेहरानबाट झण्डै साढे पाँच सय किलोमिटर टाढा छ । विस्फोटको समयमा ब्लकमा ६९ जना कामदार उपस्थित थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय