Sunday, October 6, 2024

समाचार च्यानल अल जजिराको वेस्ट ब्यांकमा रहेको कार्यालयमा इजरायली सेनाको छापा

spot_img

६ असोज । इजरायली सेनाले वेस्ट ब्यांकमा रहेको कतारको समाचार च्यानल अल जजिराको कार्यालयमा छापा मारेको छ । वेस्ट ब्यांक प्यालेस्टाइनको क्षेत्र भए पनि इजरायलले कब्जा गरेको छ । अल जजिराको कार्यालयमा आज बिहान अत्याधुनिक हतियारसहितका सेना पुगेर ४५ दिनका लागि कार्यालय बन्द गर्न आदेश दिएका छन् ।

बिहान सेनाहरु कार्यालयमा पुग्दा अलजजिराको प्रत्यक्ष प्रसारण चलिरहेको थियो । इजरायली सैनिकहरूले अल जजिराको वेस्ट ब्यांक ब्यूरो प्रमुख वलीद अल–ओमरीलाई कार्यालय बन्द गर्ने आदेश दिएका थिए । उनीहरुको आदेश पनि प्रत्यक्ष प्रसारण भएको छ ।

ब्यूरो प्रमुख वलीद अल–ओमरी इजरायली सरकारले सत्य मेटाउन र मानिसहरुलाई सत्य सूचनाको पहुँचबाट रोक्न कार्यालयमा सेना पठाएर प्रसारण बन्द गर्न आदेश दिएको बताउनुभएको छ ।

गएको अप्रिलमा इजरायलको संसद्ले एउटा कानून पारित गरेको छ, जसमा सरकारलाई युद्धको समयमा राष्ट्रिय सुरक्षाको लागि खतरा मानिने विदेशी समाचार प्रसारकहरूलाई अस्थायी रूपमा बन्द गर्ने अधिकार दिइएको छ ।

यसअघि मे महिनाको शुरुमा नासरत र पूर्वी जेरुसेलममा पनि इजरायली सेनाले अल जजिराको कार्यालयमा छापा मारेको थियो । आज वेस्ट ब्यांकको कार्यालयमा छापा मारेको विषयमा इजरायलले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय