Sunday, October 6, 2024

श्रीलङ्कामा वामपन्थी नेता दिसानायके राष्ट्रपति बन्ने सम्भावना बलियो

spot_img

६ असोज ।  श्रीलङ्कामा वामपन्थी नेता अनुरा दिसानायके राष्ट्रपति बन्ने सम्भावना बलियो बनेको छ । राष्ट्रपति चुन्न भएको मतदानको मतगणनामा अहिलेका राष्ट्रपति रनिल विक्रमासिंघेलाई वामपन्थी नेता दिसानायकेले उछिन्नुभएको छ । श्रीलङ्कामा १० औं राष्ट्रपति चयन गर्न हिजो मतदान भएको थियो । एक करोड ७० लाख मतदातामध्ये झन्डै ७५ प्रतिशतले मत खसालेका थिए ।

पछिल्लो मतपरिणाम अनुसार दिसानायकेले ४२ प्रतिशत मत प्राप्त गर्नुभएको छ । दिसानायके नेशनल पीपुल्स पावर (एनपीपी) गठबन्धनका उमेद्वार हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी साजिश प्रेमदासा दोस्रो र विक्रमासिंघे तेस्रो स्थानमा हुनुहुन्छ । प्रेमदासाले कुल मतको झन्डै ३२ र दोस्रो कार्यकालका लागि उम्मेदवार रहेका विक्रमासिङ्घेले अहिलेसम्म १६ प्रतिशत मत प्राप्त गर्नुभएको बीबीसीले जनाएको छ ।

राष्ट्रपतिमा चयन हुन कम्तिमा ५१ प्रतिशत मत चाहिन्छ । पहिलो चरणको मतगणनामा उमेद्वारले ५१ प्रतिशत मत ल्याउन असफल भएमा दोस्रो चरणको मतदान हुनेछ । सन् २०२२ को आर्थिक सङ्कटयता श्रीलङ्कामा भएको यो पहिलो चुनाव हो । आर्थिक सङ्कटले गोटाबाया राजापाक्षे सरकारविरुद्ध जनआन्दोलन भएपछि उहाँ देश छाडेर भाग्न बाध्य हुनुभएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय