Sunday, October 6, 2024

भारतको सर्वाेच्च अदालतले आफ्नो युट्युब च्यानल हटायो

spot_img

४ असोज । भारतको सर्वाेच्च अदालतले आफ्नो आधिकारिक युट्युब च्यानल हटाएको छ । सर्वाेच्च अदालतको युट्युब च्यानल ह्याक भएको र त्यसमा क्रिप्टोकरेन्सीसँग जोडिएको सामग्री देखिएपछि च्यानल नै हटाइएको बीबीसी हिन्दीले जनाएको छ ।

भारतको सर्वाेच्च अदालतले एक सूचना निकालेर आफ्नो युट्युब च्यानललाई हटाइएको र आफ्नो युट्युब च्यानलको सेवा फेरि शुरू गरिने बताएको छ । यद्दपि सर्वाेच्च अदालतले निकालेकोे सूचनामा युट्युब च्यानल ह्याक भएको थियो कि थिएन भन्नेबारेमा जानकारी नदिएको बीबीसीको खबरमा उल्लेख छ ।

यस्तै युट्युब च्यानल किन हटाइएको भन्नेबारेमा पनि सर्वोच्च अदालतले विज्ञप्तिमा जानकारी दिएको छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय