Monday, October 7, 2024

लेबनानमा हिजबुल्लाले सञ्चारका लागि प्रयोग गर्ने पेजर विस्फोट हुँदा नौ जनाको ज्यान गयो

spot_img

२ असोज । लेबनानमा विद्रोही समूह हिजबुल्लाका सदस्यहरूले सञ्चारका लागि प्रयोग गर्ने हाते माध्यम पेजर विस्फोट हुँदा एक बालकसहित नौ जनाको ज्यान गएको छ । लेबनानका स्वास्थ्य मन्त्रीले दिएको जानकारीअनुसार बेरुत र अन्य क्षेत्रमा भएका विस्फोटको घटनामा इरानका लागि लेबनानका राजदूतसहित दुई हजार आठ सय जना घाइते भएका छन् ।

इरानले समर्थन गरेको हिजबुल्ला समूहले हिजबुल्लासँग सम्बन्धित सङ्घ संस्थामा आवद्ध कर्मचारीले प्रयोग गरेका पेजरहरू विष्फोट भएको भन्दै एक बालकसहित आफ्ना आठ जना लडाकुको ज्यान गएको दाबी गरेको छ । हिजबुल्लाले यो आपराधिक आक्रमण इजरायलले गरेको आरोप लगाउँदै न्यायपूर्ण बदला लिने चेतावनी समेत दिएको बीबीसीले जनाएको छ ।

यस घटनाबारे इजरायली सेनाले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । विस्फोट हुनु केही घण्टा अघि, इजरायलको सुरक्षा क्याबिनेटले देशको उत्तरमा भइरहेका हिजबुल्लाका आक्रमणहरू रोक्ने र विस्थापित नागरिकलाई सुरक्षित रूपमा घर फर्काउने लक्ष्य रहेको घोषणा गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घले लेबनानमा भएका पछिल्ला घटनाहरूलाई अत्यन्तै चिन्ताजनक रहेको भन्दै आएको छ । गएको वर्ष  अक्टोबर ७ मा गाजामा इजरायल र विद्रोही समूह हमासबीच युद्ध शुरू भएयता इजरायल–लेबनान सीमामा दैनिक रुपमा झडप हुँदै आएको छ । हिजबुल्लाले हमास समर्थित प्यालेस्टिनी समूहको समर्थन गरिरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय