Saturday, October 5, 2024

चौथो इन्ट्रा कपको उपाधी महिला तर्फ बाल्टिमोर र पुरुष तर्फ रुकुलको हातमा

spot_img

३१ भदौ, पेन्सिल्भेनिया । अमेरिकामा इण्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाद्वारा आयोजित चौथो इन्ट्रा कप भलिबल २०२४ मा महिला तर्फ बाल्टिमोर र पुरुष तर्फ रुकुल भलिबल टिमले उपाधी हात पारेको छ ।
इन्ट्रा फाउण्डेसनका खेलकुद संयोजक खडा सन्यासीको संयोजकत्वमा सम्पन्न खेल पेन्सिलभेनियाको ल्यानक्यास्टरमा गएको आईतबार सम्पन्न भएको खेलमा साबिक बिजेता रुकुमले सजानीलाई तीन दुई सेटमा हराउदै बिजेता बनेको थियो । १२ हजार अमेरिकि डलर नगद पुरस्कार रहेको यस खेल निकै प्रतिस्पार्धात्मक थियो । पहिलो सेट २५-२२ ले जितेको रुकुमले दोस्रो सेटमा भने ३२-३४ को थोरै अन्तर मात्र राख्न सजानीले दबाब दिएको थियो । त्यस पछिको दुई खेल भने सजानीले २५-१८ र २५ -२२ ले जित्दै खेल बराबरीमा ल्याएको थियो । बेस्ट अफ फाइभको खेलमा भने सजानी नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान कैलाश दत्त भट्टको अगुवाइमा रहेको टिमलाई १५ -८ मा नै सिमित गर्दै रुकुमले फाइनलको उपाधी जितेको थियो ।
दोस्रो भएको सजानीले आठ हजार डलर प्राप्त गरेको छ ।
महिला तर्फको फाइनल खेलमा साबिक फाइनल खेल्ने टिम बि वाइ यस एस सि र बाल्टिमोरको बेलमन्टको खेल भने ३-२ को सेटमा बाल्टिमोर बेलमन्ट बिजयी बनेको छ । बिजयी टिमले नौ हजार अमेरिकि डलर र उपबिजेता टिमले छ हजर अमेरिकि डलर प्राप्त गरेको छ । जम्मा सहभागी टिमहरु पुरुष तर्फ १४ र महिला तर्फ ८ टिमहरु रहेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय