Sunday, October 6, 2024

गाजाको एक विद्यालयमा इजरायली सेनाको बम आक्रमण

spot_img

२७ भदौ । संयुक्त राष्ट्रसङ्घले गाजामा  सञ्चालन गरेको एक विद्यालयमा इजरायली सेनाले आक्रमण गर्दा १८ जनाको ज्यान गएको छ । मध्य गाजामा रहेको अल–जाउनी विद्यालयमा बम आक्रमण हुँदा राष्ट्रसङ्घका ६ जना कर्मचारीसहित १८ जनाको ज्यान गएको हो ।

घटना लगत्तै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा संयुक्त राष्ट्र सङ्घका कर्मचारी र मानवीय सहायताकर्मीको हत्याको जवाफदेहिता नहुनु पूर्णरूपमा अस्वीकार्य भएको बताउनुभएको छ ।

गाजामा इजरायलले आक्रमण शुरु गरेयता ११ महिनामा एउटै घटनामा सबैभन्दा धेरै राष्ट्रसङ्घका कर्मचारीको ज्यान गएको यो पहिलो घटना रहेको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ ।

यसैबीच, विद्रोही समूह हमासले मध्यस्थकर्ताहरूलाई अमेरिकाले प्रस्ताव गरेको, संयुक्त राष्ट्रसङ्घले समर्थन गरेको युद्धविराम प्रस्तावलाई कुनै पनि पक्षबाट कुनै नयाँ शर्तबिना कार्यान्वयन गर्न तयार रहेको बताएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय