Sunday, October 6, 2024

युक्रेनलाई रुसविरुद्ध लामाे दूरीकाे क्षेप्यास्त्र प्रयाेग गर्ने अनुमति दिन सकिने जाे बाइडेनकाे सङ्केत

spot_img

२६ भदौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति दिन सकिने सङ्केत गर्नुभएको छ । बाइडेनले रुसविरुद्धको युद्धमा लामो दूरीसम्म प्रहार गर्न सकिने अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न दिने गरी प्रतिबन्ध फुकुवा गर्ने सङ्केत गर्नुभएको बीबीसीले जनाएको छ ।

युक्रेनले अमेरिकाबाट आयात गरिएका लामो दूरीका क्षेप्यास्त्रको प्रयोगमा तोकिएको सीमा खुकुलो पारिदिन वाशिङ्टनलाई आग्रह गर्दै आएको थियो । अमेरिकाले लामो दूरीको अस्त्र प्रयोगमा युक्रेनमाथि लगाइएको प्रतिबन्ध हटाउन लागेको हो भन्ने संवाददाताहरूको प्रश्नमा बाइडेनले आफ्नो प्रशासनले त्यसबारे काम गरिरहेको बताउनुभएको खबरमा उल्लेख छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इरानले रुसलाई छोरो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्रहरू उपलब्ध गराएको आरोप लगाएपछि बाइडेनको यो टिप्पणी आएको हो ।

अमेरिकी राष्ट्रपति बाइडेनको टिप्पणीलाई लिएर रुसले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यद्दपि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यस्तो कामले व्यापक र गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिइसक्नुभएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय