Sunday, October 6, 2024

इजरायलको पछिल्लो हवाई आक्रमणमा ४० जनाको ज्यान गयो

spot_img

गाजा पट्टीमा इजरायलको पछिल्लो हवाई आक्रमणमा ४० जनाको ज्यान गएको छ । विद्रोही समूह हमासले सञ्चालन गरेको नागरिक प्रतिरक्षा प्रशासनले मानवीय सहायताका लागि तोकिएको क्षेत्रमा आक्रमण हुँदा ४० जनाको ज्यान गएको र अन्य धेरै व्यक्ति घाइते भएका जनाएको छ ।

इजरायली सेनाले भने खान युनिसमा हमासले सञ्चालन गरेको केन्द्रमा आक्रमण गरेको र नागरिकलाई क्षति हुनबाट जोगाउने उपायहरू अपनाइएको दाबी गरेको छ । स्थानीय बासिन्दाले युद्धका कारण विस्थापित मानिसहरूको आश्रयस्थलमा आक्रमण भएको बीबीसीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय