Monday, October 7, 2024

सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन, सत्तारुढ दलहरुको बैठक आज बस्दै

spot_img

२४ भदौ, काठमाण्डौ । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन भएको छ । हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल बनाएको हो ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रकाशशरण महत तथा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् । सरकारको न्यूनतम साझा कार्यक्रम लगायतका विषयमा छलफल गर्न आज सत्तारुढ दलहरुको बैठक पनि बस्दैछ ।

गएको असार ३१ गते गठन भएको सरकारमा कांग्रेस र एमालेसँगै जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् । सरकारलाई जसपा नेपाल र जनमत पार्टीले पनि समर्थन गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय