Sunday, October 6, 2024

स्पेनले दियो भेनेजुएलाका विपक्षी नेता उरुटियालाई राजनीतिक शरण

spot_img

२३ भदौ । स्पेनले भेनेजुयलाका राष्ट्रपतीय उम्मेदवार एडमन्डो गोन्जालेज उरुटियालाई राजनीतिक शरण दिएको छ । भेनेजुएलामा एक महिनाको भूमिगत जीवनपछि स्पेनमा निर्वासनमा रहनुभएका भेनेजुएलाका विपक्षी नेता उरुटियालाई स्पेनले आज राजनीतिक शरण दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।

गएको जुलाई २८ मा भएको राष्ट्रपतीय चुनावपछि उत्पन्न तनावबीच उरुटियालाई सरकारले पक्राउ पूर्जी जारी गरेको थियो । त्यसयता उहाँ लुकेर बस्नुभएको थियो । स्पेनी दूतावासमा पुग्नुभएका उरुटिया स्पेनी हवाई सेनाको विमानमार्फत स्पेन पुग्नुभएको हो । स्पेनी दूतावासमा राष्ट्रपति मदुरोका चार जना प्रतिस्पर्धीले शरण लिइरहेका छन् ।

चुनावमा सरकारले ‘नेशनल इलेक्टोरल काउन्सिल’ (सीएनई) लाई नियन्त्रणमा लिएर निकोलस मदुरोलाई निर्वाचित भएको घोषणा गरेको थियो । गएको जुलाईमा भएको राष्ट्रपतीय चुनावपछि भेनेजुलयामा राजनीतिक सङ्कट बढेको छ । विपक्षी दलले राष्ट्रपतिमा उरुटिया विजयी भएको र त्यसको आफूहरूसँग प्रमाण रहेको बताउँदै आएका छन् । अमेरिका, युरोपेली सङ्घ र कतिपय ल्याटिन अमेरिकी देशले विस्तृत विवरण सार्वजनिक नगरिएको चुनावको नतिजा अस्वीकार गर्दै आएका छन् ।

मदुरो नेतृत्वको सरकारले चुनावयता मात्रै दुई हजार चार सय जनालाई पक्राउ गरिसकेको बीबीसीले जनाएको छ । स्पेनका विदेशमन्त्री जोसे म्यानुएल अल्बरेसले भेनेजुएलाका सबै नागरिकको राजनीतिक अधिकारका लागि स्पेन प्रतिबद्ध रहेको बताउनुभएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय