Sunday, October 6, 2024

सम्पर्कविहीन भएको अल्टिच्युड एअरको हेलिकोप्टरका एक यात्रु सम्पर्कमा : सम्पर्कविहीन हेलिकोप्टरको खोजी जारी

spot_img

२३ भदौ, काठमाडौं । सम्पर्कविहीन भएको हेलिकोप्टरका एक यात्रुले अल्टिच्युड एअरका सञ्चालक सीताराम सापकोटालाई सम्पर्क गरेर आफू सकुशल रहेको जानकारी दिएका छन्। सापकोटाले एक यात्रु आफंनो सम्पर्कमा आएको बताए ।

‘म जंगलको बीचमा अलपत्र छु, मलाई ठाउँ थाहा छैन, उद्दार गर्न आउनू’, ती यात्रुले आफूलाई भनेको एअरका सञ्चालक सापकोटाले जानकारी दिए। उनले फोन गर्ने यात्रु को हुन् भन्ने आफूलाई थाहा नभएको बताए। पछि फोन गर्ने यात्रु पनि सम्पर्कविहीन छन्।

दुईवटा हेलिकोप्टरले अहिले सम्पर्कविहीन भएको हेलिकोप्टरको खोजी गरिरहेका छन्।

गोरखाबाट काठमाडौं उडेको अल्टिच्युड एअरको हेलिकोप्टर 9NALS कल साइन भएको उक्त हेलिकोप्टर शनिबार बिहान ८ बजेर ५ मिनेट जाँदा सम्पर्कविहीन भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए।

काठमाडौंबाट २५ नटिकल दूरीमा आएपछि हेलिकोप्टर सम्पर्कविहीन भएको तिवारीले बताए। हेलिकोप्टर धादिङको खनियावास गाउँपालिका माथिको आकाशमा आएपछि हराएको हो। हेलिकोप्टर क्याप्टेन निश्चल केसीले उडाइरहेका थिए।

हेलिकोप्टरमा एक जना क्याप्टेनसहित ७ जना यात्रु छन्। तिवारीका अनुसार एकजना यात्रु सम्पर्कमा आएका छन्। उनले हेलिकोप्टर दुर्घटना भएको र आफू सकुशल रहेको बताएको तिवारीले जानकारी दिए।

उद्धारका लागि गएको अल्टिच्युड एयरको अर्को हेलिकोप्टर खराब मौसमका कारण फिर्ता भएको र खोजीको प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए।

प्रहरीका अनुसार उक्त होलिकोप्टर ७ बजेर ३५ मिनेटमा गोरखाको चुमनुब्री गाउँपालिका १ सामागाउँमा चारजना चिनियाँ र एकजना नेपालीसहित ल्यान्ड भएको थियो। त्यहाँबाट एकजना जापानी नागरिकसहित पाइलटसहित ७ जना लिएर बिहान ७ बजेर ४० मिनेटमा उडेको थियो।

को को थिए हेलिकोप्टरमा ?

  • हिरोमी कामात्सु (पासपोर्ट नम्बरः TK713612068 YEAR)
  • दिल्लीबहादुर गुरुङ (४० वर्ष, रामेछाप)
  • हिरा शेर्पा (वर्ष ३५, दोलखा
  • ल्हो आनि डोल्पा डिकि (गोरखा, चुमनुब्री २)
  • छोवाङ नुर्बु (गोखरा, चुमनुब्री १)
  • सुनिल तामाङ (वर्ष २२)
  • निश्चल केसी (पाइलट)
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय