Sunday, October 6, 2024

आप्रवासी र गाजा युद्ध सम्बन्धमा बाइडेनकै नीति अगाडि बढाउने उपराष्ट्रपति ह्यारिसको दाबी

spot_img

१४ भदौ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू राष्ट्रपति निर्वाचित भएमा मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीको नियन्त्रण गर्ने बताउनुभएको छ ।

अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार ह्यारिसले राष्ट्रपतिको हैसियतमा आफूले मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीका लागि विद्यमान् अमेरिकी कानूनलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ । ह्यारिसले आफू राष्ट्रपति निर्वाचित भएमा विद्यमान् कानूनहरूलाई लागू गर्ने अमेरिकी टेलिभिजन च्यानल न्युज नेटवर्क सीएनएनसँगको अन्तवार्ताका क्रममा उद्घोष गर्नुभएको खबरमा उल्लेख छ ।

यस्तै उहाँले गाजा युद्धका लागि इजरायललाई हतियार उपलब्ध गराउने अमेरिकी राष्ट्रपति जो बाइडेनको नीतिलाई आफूले परिवर्तन नगर्ने बताउनुभयो । यद्यपि ह्यारिसले युद्धविराम र बन्धक सम्झौता गर्ने तथा यो युद्ध अन्त्य गर्ने समय आएको दाबी गर्नुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय