Saturday, October 5, 2024

एएफसी च्यालेन्ज लिगमा चर्च ब्वाइज युनाइटेडलाई भुटानको पारो एफसीले हरायो

spot_img

एएफसी च्यालेन्ज लिग प्लेअफ फुटबलमा पारो एफसी बिजयी भएको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार सम्पन्न खेलमा भुटानी क्लब पारो एफसीले नेपाली क्लव चर्च ब्वाइजलाई २/१ गोलको अन्तरबाट पराजित गरेको हो ।खेलको ३८औँ मिनेटमा चर्च ब्वाइज युनाइटेडका लाकेन लिम्बुले गोल गरेर अग्रता लिएका हुन। तर चर्च ब्वाइजको अग्रता लामो समयसम्म टिक्न सकेन । त्यसको दुई मिनेटमै अर्थात् ४०औँ मिनेटमा पारोका लागि किङ्गा वाङ्चुकले बराबरी गोल फर्काउँदै खेल बराबरीमा ल्याए । मध्यान्तर पछि पारोले थप एक गोल गरेपछि विजयी हुन सफल भएको हो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय