Friday, October 4, 2024

काभा महिला भलिबल लिगको फाइनलमा पुग्न नेपालले आज इरानसँग खेल्दै

spot_img

काभा महिला भलिबल लिगको फाइनलमा पुग्न नेपालले आज इरानसँग खेल्दैछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दोस्रो सेमिफाइनलमा बेलुकी सवा ५ बजे नेपाल र इरान खेल्नेछन् । त्यसअघि पहिलो सेमिफाइनलमा दिउँसो ३ बजे भारत र श्रीलङ्काबीच खेल हुनेछ ।

नेपालले हिजो माल्दिभ्सलाई सोझो सेटमा हराउँदै लिगको उपविजेता बन्यो । लिग चरणमा भारतलाई हराएर ऐतिहासिक उपलब्धी बनाउन सफल नेपालको महिला भलिबल टोली इरानसँग भने पराजित भएको थियो । ४ खेलमा ९ अङ्कसहित नेपाल लिगमा दोस्रो भएको हो ।

त्यस्तै इरान तेस्रो स्थानमा रह्यो । पाँच टोली सहभागि प्रतियोगिताको अङ्कतालिकामा भारत शीर्ष र श्रीलङ्का चौथो हुँदा माल्दिभ्स बाहिरीयो । हिजो भएको खेलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै भारत समूह विजेता बन्यो । आज हुने सेमिफाइनलका खेलमा विजेता टोलीले उपाधिका लागि भोलि बेलुका खेल्नेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय