Monday, October 7, 2024

बङगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरि चर्कियो, हिंसात्मक प्रदर्शन हुँदा अहिलेसम्म ९० जनाको मृत्यु

spot_img

बङगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरि चर्किएको छ । प्रदर्शन चर्किएपछि बङ्गलादेश सरकारले हिजो बेलुका ६ बजेदेखि देशैभर कर्फ्यूको घोषणा गरेको छ ।

कर्फ्यू अवधिमा फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, मोबाइल इन्टरनेट बन्द रहने गृह मन्त्रालयले जनाएको छ । बङ्गलादेशमा भइरहेको प्रदर्शन हिंसात्मक हुँदा अहिलेसम्म ९० जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन् । आन्दोलनरत विद्यार्थीहरूले विवादास्पद आरक्षण प्रणाली अन्त्य गर्न माग गरेका छन् । सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका परिवारका लागि सरकारी जागिरको ३० प्रतिशत आरक्षित गरिएको थियो ।

गएको महिना विद्यार्थी सङ्गठनहरूले यही नियमको विरोधमा प्रदर्शन गरेपछि अदालतले धेरैजसो कोटा हटाएर ९३ प्रतिशत कोटामा आम मानिस प्रतिस्पर्धा गर्न पाउने फैसला गरेको थियो । विद्यार्थीहरुले फेरि सबै आरक्षण हटाउनुपर्ने भन्दै प्रभानमन्त्रीको राजीनामाको माग गर्दै प्रदर्शन शुरु गरेका हुन् ।

यसैबीच, बङ्गलादेशका विभिन्न शहरमा आन्दोलन थप चर्किएपछि भारतीय उच्चायोगले आफ्ना नागरिकका लागि सचेत रहन भन्दै सूचना निकालेको छ । उनीहरुलाई त्यहाँ रहेको उच्चायोगको कार्यालयको सम्पर्कमा निरन्तर रहिरहन आग्रह गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय