Saturday, October 5, 2024

काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दै

spot_img

काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बेलुका सवा ५ बजे शुरु हुनेछ । त्यसअघि आजै दिउँसो तीन बजे श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् ।

आजको खेलमा नेपालले इरानलाई सोझो सेट वा ३–१ को सेटमा पराजित गरेमा भारतलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । नेपाल दुई खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो । सात अङ्कसहित शीर्ष स्थानमा रहेको भारतले यसअघि इरान र माल्दिभ्सलाई हराएको थियो । नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ भने भारतले श्रीलङ्कासँग खेल्नेछ ।

हिजो भएको खेलमा भारतलाई ३–२ को सेटमा हराउँदै नेपालले ऐतिहासिक उपलब्धी हासिल गर्न सफल भयो । यसअघि सन् २०१९ को दक्षिण एसियाली खेलकुद सागमा नेपाल उपाधि नजिकै पुगे पनि अन्तिम सेटमा भारतसँग पराजित भएको थियो । काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान सहभागी छन् । लिग चरणको खेलपछि शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय