Monday, October 7, 2024

भारतमा पहिरोमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो, उद्धार कार्य जारी

spot_img

१६ साउन । भारतको वायनाडमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १४३ पुगेको छ ।  पहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी रहेको केरलाको स्वास्थ्य विभागले जनाएको छ। विनाशकारी पहिरोले आवास तथा सडकहरू क्षतिग्रस्त हुनुका साथै  जलप्रवाह बढेकाले उद्धार कार्यमा बाधा पुर्‍याएको जनाइएको छ ।

यसैबीच, मंगलबार केरला विधान सभामा राष्ट्रिय झण्डा आधा झुकाएको छ भने दुईदिने शोकको घोषणा गरेको छ । मंगलबार संघीय मन्त्री जर्ज कुरियनले जारी राहत कार्यको समीक्षा गर्न वायनाड पुगी एनडिआरएफ, सिआरपिएफ र सेनाका वरिष्ठ अधिकारीहरूसँग भेट गरेको र राहत शिविरको समेत अवलोकन गरेको सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराए ।

मन्त्री जर्जले यसअघि वायनाड पहिरोकोे जारी अवस्थाको मूल्यांकन गर्न स्वास्थ्य विभाग निर्देशनालयको भ्रमण गरी प्रभावित क्षेत्रमा उपचारको व्यवस्था मिलाउन निर्देशन दिए । मन्त्री जर्जले आवश्यकताअनुसार अस्थायी अस्पताल स्थापना गर्न सिफारिससमेत गरे । यसैबीच, भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले जुलाई ३१ र अगस्ट १ मा केरलामा भारी वर्षा हुने पूर्वानुमान गरेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय