Monday, October 7, 2024

इजरायली कब्जामा रहेको गोलान हाइट्समा रकेट आक्रमण हुँदा १२ जनाको ज्यान गयो

spot_img

इजरायली कब्जामा रहेको गोलान हाइट्समा रकेट आक्रमण हुँदा १२ जनाको ज्यान गएको छ । आक्रमण मा २९ जनाभन्दा धेरै घाइते भएका छन् । बालबालिका र किशोर किशोरी खेलीरहेको फुटबल मैदानमा रकेट आक्रमण भएको हो । ज्यान गुमाउने १० देखि २० वर्ष उमेर समूहका रहेका छन् ।

सिरियाको दक्षिण पश्चिम क्षेत्रमा रहेको गोलान हाइट्स इजरालको कब्जामा रहेको छ । लेवनानी लडाकु समूह हिजबुल्लाहले आक्रमण गरेको इजरायली सुरक्षा फौजले दाबी गरेको छ । इजरायल–गाजा युद्धपछि हिजबुल्लाहले इजरायली क्षेत्रमा आक्रमण गरिरहेको छ । तर गोलान हाइट्सको घटना अक्टोबर ७ मा इजरायल–गाजा युद्ध शुरु भएपछि इजरायलको उत्तरी सिमानामा सबैभन्दा धेरै ज्यान गएको घटना हो ।

यसैबीच हिजो इजरायलले गाजामा फिल्ड अस्पताल रहेको एउटा विद्यालयमा आक्रमणमा गर्दा कम्तीमा ३० जनाको ज्यान गएको छ । एक सय जनाभन्दा धेरै घाइते भएका हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले विद्यालयबाट सञ्चालित हमास आतङ्कवादीलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । गाजाको नागरिक प्रतिरक्षा निकायले विद्यालयमा शरण लिएका झन्डै चार हजार विस्थापित मानिस बसेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय