Sunday, October 6, 2024

चीनमा आँधीका कारण ३ लाख जना मानिस विस्थापित

spot_img

११ साउन । चीनमा आएको गेमी आँधीका कारण झन्डै तीन लाख जना मानिस विस्थापित भएका छन् । प्रभावितहरूलाई चिनियाँ उद्धारकर्मीहरूले आज सुरक्षित ठाउँमा सारेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

केही शहरमा सार्वजनिक यातायात, कार्यालय, बजार, विद्यालयलगायत बन्द गरिएको छ । हावाहुरीसँगै परेको वर्षाले पूर्वी चीनमा हिजो सार्वजनिक यातायात स्थगित भएका थिए भने ताइवानमा पाँच जनाको ज्यान गएको थियो । आठ वर्षमा ताइवानमा आएको सबैभन्दा शक्तिशाली आँधीका कारण हिजो ताइवानका केही शहरी भागहरूमा बाढी र डुबानको समस्या आएको छ ।

फिलिपिन्सको ताइवानतर्फ जाने बाटोमा आँधी र वर्षाका कारण ठाउँठाउँमा पहिरो गएको छ । त्यहाँ २० जनाको ज्यान गएको छ । आँधीकै कारण फिलिपिन्सको मनिलामा १४ लाख लिटर तेल बोकेको ट्याङ्कर समुद्रमा डुबेको छ ।

झन्डै ९० लाख जनसङ्ख्या रहेको वानझाउ शहरमा बाढी र डुबान जोखिमको चेतावनी जारी गरिएको छ । आँधी झन्डै २० किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरपश्चिमतर्फ अघि बढिरहेको सिन्ह्वाले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय