Sunday, October 6, 2024

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता

spot_img

गाजामा युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रिय दबाब झेलिरहेका इजरायली प्रधानमन्त्री नेतान्याहुले अमेरिकी सहयोगका लागि अमेरिका भ्रमणमा रहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नुभएको छ ।

उहाँले विद्रोही समूह हमाससँगको लडाइँ इजरायलको मात्र नभई अमेरिकाको पनि भएको भन्दै निष्कर्षमा पुर्‍याउन आग्रह गर्नुभएको छ । नेतान्याहुले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई पनि भेट्नुभएको छ ।

निरन्तर भेटवार्तामा गाजा युद्धविराम सम्झौताका सम्बन्धमा दुई पक्षबीचको मतभेदलाई समाधान गर्ने विषयमा कुराकानी भएको ह्वाइट हाउसले जनाएको छ । यसअघि नेतान्याहुले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरेर हमासको अन्त्य नभएसम्म गाजामा आक्रमण नरोक्ने बताउनुभएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय