Monday, October 7, 2024

बेलडाँगी शिविरमा तीन दिने व्यवसायीक तालिम सम्पन्न

spot_img

बिरेन मगर,
९ साउन, झापा । झापाको बेलडाँगी शरणार्थी शिविरमा तीन दिने व्यवसायीक तालिम  सम्पन्न भएको छ ।  बेलडाँगी शिविरका नव उद्दमी तथा व्यवसायीहरुलाई लक्षित गरि यु.एन.एच.सि.आर-नेपालको प्रायोजन तथा एल.डब्लू.एफको आयोजनामा सोमबारबाट सुरु भएको व्यवसायीक तालिम आज (बुधबार) सम्पन्न भएको हो ।

शरणार्थीलाई जीविकोपार्जनका लागि केही गर्न र गरीरहेकाहरुमा थप प्रेरणा जगाउन कार्यक्रम आयोजना गरिएको थियो । तालिममा शरणार्थीको सकृय सहभागीता रहेको बताउँदै एल.डब्लु.एफ- बेलडाँगीका फिल्ड स्टाफ तिला गुरुङ्गले भन्नू भयो ” कार्यक्रमले कुनै पनि व्यवसाय गरिरहेका वा गर्न चाहने शरणार्थीलाई व्यवसाय गर्दा आई पर्ने चुनौतीको सामना, जोखिम न्यूनीकरण, व्यवसायीक योजना लगायत विषयहरुमा प्रशिक्षित गरेको छ ।

तालिममा बेलडाँगी शिविरका नव उद्दमी तथा व्यवसायी शरणार्थीहरुको सहभागीता रहेको थियो । एल.डब्लू.एफका सत्यनारायण विश्वास, पशुपति सुवेदी, हर्क विक लगायतले तालिम दिनु भएको थियो ।

“व्यवसाय भनेको खरिद बिक्री मात्र बुझेका थियौँ तर यसमा अरु पनि धेरै कुराहरु हुँदो रहेछ । यो तालिमले मलाई धेरै सहयोग गर्ने छ” तालिममा सहभागी दिपक राईले भुट्निज न्यूजलाई बताउनुभयो ।

यस्तै तालिममा सहभागि हुन पाउँदा बेलडाँगी शिविरका सचिव सञ्चहाङ सुब्बाले खुसी व्यक्त गर्नु भएको छ । “आफू र आफ्नो परिवारको जीविकोपार्जनका लागि शरणार्थीहरुले अब केही न केही गर्नु पर्ने र यस्ले मात्रै मागेर वा थापेर खाने स्थानबाट शरणार्थीलाई दिएर खाने ठाउँमा पुर्याउने छ” कार्यक्रममा समापन मन्तव्य राख्दै सचिव सुब्बाले बताउनु भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय