Monday, October 7, 2024

सफ्टवेयर कम्पनी माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा विश्वभरका कैयौँ बैंक, मीडिया समूह र एअरलाइन्स प्रभावित

spot_img

सफ्टवेयर कम्पनी माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा विश्वभरका कैयौँ बैंक, मीडिया समूह र एअरलाइन्स प्रभावित भएका छन् । माइक्रोसफ्टको सर्भरमा समस्या आएसँगै विश्वभरका कैयौँ बैंक, एअरलाइन्स र दूरसञ्चार सेवाका कामकाज अचानक ठप्प भएका बीबीसीले जनाएको छ ।

केही टीभी र प्रसारण कम्पनीको सेवा पनि रोकिएको छ । माइक्रोसफ्टले भने समस्या समाधानका लागि पहल भइरहेको जनाएको खबरमा उल्लेख छ ।सूचना प्रणाली ठप्प हुँदा सिड्नी एअरपोर्ट र युनाइटेड एअरलाइन्सको विमान सञ्चालन हुन सकेको छैन । यस्तै अमेरिकाको युनाइटेड, डेल्टा र अमेरिकन एअरलाइन्सले विश्वभरमा आफ्नो उडान रोकेको छ ।

यसैगरी बेलायतका ट्रेन कम्पनी, बर्लिन एअरपोर्ट, स्पेनको एअरपोर्र्टमा पनि समस्या आइरहेको बीबीसीको खबरमा उल्लेख छ । यस्तै बेलायतको स्काई न्युज च्यानल अफ एअर भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय