Monday, October 7, 2024

बेलडाँगी शिविरबाट एक महिला बेपत्ता

spot_img

२ साउन, झापा ।  भूटानी शरणार्थी शिविर, बेलडाँगीबाट एक शरणार्थी महिला बेपत्ता भएकी छन् । शरणार्थी शिविर बेलडाँगी  B/2 छाप्रा न. 189 मा बस्दै आएकी खीना माया कार्की मंगलवार दिउँसोदेखी बेपत्ता भएकी हुन् ।

मंगलवार दिउँसो १ बजे छाप्रोबाट निस्केकी खीना माया कार्की साँझसम्म पनि छाप्रो नफर्केपछि छिमेकी सीतामाया गुरुङले युनिट प्रतिनिधि र सेक्टर प्रतिनिधिलाई खबर गरेको थियो ।

“हामी हिजो साँझबाटै खोजी कार्यमा संलग्न छौँ, तर अहिलेसम्म कुनै जानकारी पाउन सकेका छैनौँ” हराएको खबर पाउने बित्तिकै विभिन्न समुह बनाएर खोजी कार्यमा निस्केका सेक्टर प्रतिनिधि डम्बर रैका मगरले भुट्निज निउजलाई बताउनु भयो ।

त्यस्तै, खोजी कार्य जारी रहेको र हालसम्म खीना माया फेला पर्न नसकेको अनौपचारिक रुपमा प्रहरीले आफूहरुलाई प्रारम्भिक जानकारी गराएको युनिट प्रतिनिधि सुक बहादुर मगरले बताउनु भएको छ ।

अन्दाजी ४५-४६ वर्षकी खीना माया कार्कीमा बेला बेला मानसिक समस्या देखिने गरेको र त्यसको उपचारका लागि उनले नियमित औषधी सेवन गर्ने गरेको उनको पारिवारिक स्रोतले बताएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
spot_img
सम्बन्धित
थप

लोकप्रिय