Saturday, October 5, 2024

युरो कप २०२४ को उपाधि स्पेनलाई

spot_img

युरो कप २०२४ को उपाधि स्पेनले जितेको छ । बर्लिनमा आज बिहान भएको फाइनल खेलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै स्पेनले युरो कपको उपाधि जितेको हो ।खेलको ४७ औं मिनेटमा निको विलियम्सलले गोल गरेर स्पेनलाई अग्रता दिलाए । ७३ औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल गर्‍यो । उसका कोल पालमरले गोल गरेका हुन् । तर ८६औं मिनेटमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जिताएका हुन् । स्पेनको यो चौथो युरो उपाधि हो । इङ्ल्यान्ड भने लगातार दोस्रो पटक युरो कपको उपविजेतामा सीमित भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय