Saturday, October 5, 2024

उरुग्वेलाई १–० गोलले हराउँदै कोलम्बिया २३ वर्षपछि कोपाको फाइनलमा प्रवेश

spot_img

उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइलनमा पुगेको छ । आज विहान अमेरिकाको ब्यांक अफ अमेरिका स्टेडियममा भएको खेलमा उरुग्वेलाई १–० गोलले हराउँदै कोलम्बिया उपाधि नजिकै पुगेको हो ।कोलम्बिया २३ वर्षपछि कोपाको फाइनलमा पुगेको हो ।

कोलम्बियाका लागि खेलको ३९ औँ मिनेटमा जेफर्सन लेर्माले गोल गरे । पहिलो हाफको अन्तिममा डेनियल मुनोजले रातो कार्ड पाएपछि दोस्रो हाफभरी कोलम्बिया १० जना खेलाडीमा सीमित थियो । खेल अवधिभर उरुग्वेले कोलम्बियालाई दबाबमा राखे पनि गोल गर्न भने सकेन ।

कोलम्बियाले अब उपाधिको लागि सोमवार विहान अर्जेन्टिनासँग खेल्नेछ । हिजो विहान क्यानडालाई २–० गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय