Saturday, October 5, 2024

स्पेन युरोकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

spot_img

स्पेन युरोकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा फ्रान्सलाई २–१ गोलले हराउँदै स्पेन उपाधि नजिकै पुगेको हो । जर्मनीको एलिनाज एरिनामा भएको खेलमा अग्रता भने फ्रान्सले लिएको थियो ।

आठौँ मिनेटमा कोलो मुआनीले गोल गरेर फ्रान्सलाई अग्रता दिलाएका थिए । तर २१ औँ मिनेटमा यमल र २५ औँ मिनेटमा ओल्मोले गोल गरे र स्पेनलाई फाइनलमा पुर्‍याए ।

अब उपाधिको लागि स्पेनले इंग्ल्याण्ड र नेदरल्याण्ड्सबीच हुने खेलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा नेपाली समयअनुसार आज राति पौने एक बजे इंग्ल्याण्ड र नेदरल्याण्ड्स खेल्दैछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय