Monday, October 7, 2024

पथरी शनिश्चरे क्याम्पमा सस्थागत सामुहिक सार्वजनिकरण भेला सम्पन्न

spot_img

सुमन कुरुम्बाङ, मोरङ पथरी । मोरङको पथरी शनिश्चरेमा अवस्थित भुटान क्याम्पमा संलग्न सम्पूर्ण संस्थाहरुको सामुहिक भेला गराउदै बस्ती व्यवस्थापन समितिले सार्वजानिकिकरण कार्यक्रम अर्थात इन्टर अजेन्सी बैठक सम्पन्न गरेको छ । हरेक ३ महिनामा यो भेला आयोजना हुने गरेको छ ।

मोरङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी इश्वर चन्द्र दुलाल, वडा अध्यक्ष जीवन खतिवडा, आम्दा नेपालबाट सुमन नेपाल, एल डब्लु एफबाट सन्तोष चौधरी, इन्ट्रा फाउण्डेसनबाट राम कुमार बानिया, ग्लोबल भुटनिज अर्गनाइजेसनबाट टिका अधिकारी, भुटानी महिला मन्चबाट निराहाङ राई, भुटानी बाल मन्चबाट सुमित्रा राई, एस. डब्लु. टि. बाट अर्जुन राईको उपस्थिति रहेको थियो । कार्यक्रममा उल्लेखित संस्थाका प्रतिनिधिहरुले ३ महिनाको कार्य सम्पादन अनुभब अन्तर्गत सिकाइ, उपलब्धी, चुनौतीहरु र आगामी कार्य योजनाको बिषय प्रस्तुत गर्नुभएको थियो ।

आम्दा नेपालका कार्यक्रम सम्योजक सुमन नेपालले भुटानी शरणार्थी स्वास्थ्य बीमालाई जोडतोडको साथ उठान गर्नुभएको थियो । स्थानिय सरकारले जन्म दर्ता र मृत्‍यु दर्ता नगरिदिदा बिमामा समस्या आएको बिषयलाई मुलभुत ढंगले उल्लेख गर्नु भएको थियो भने स्थानिय वडाका अध्यक्ष जीवन खतिवडाले स्थानिय सरकार यो बिषयमा चाहेर नि केही गर्न नसकेको बताउनु भएको छ । केन्द्र सरकारबाट कुनै पनि निर्देशन हाल सम्म नआएकोले काम गर्न नसकिएको खतिवडाले बताउनुभयो ।

समग्रमा कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार कार्यक्रमहरु प्रभाबकारी र पारदर्शी रहेको र आगामी दिनमा जिबिकोपार्जन र आत्मनिर्भरको लागि रचनात्मक कार्यक्रमहरु ल्याउनु पर्ने देखिन्छ । भुटानी शरणार्थीहरुको मुद्दाहरु लिएर प्रधानमन्त्री पुष्प कमल दाहालको जनसंपर्क अधिकारी र गृह मन्त्रालयमासम्म केही समय अघी पुगेर मुद्दा उठान गरेको र शरणार्थीहरुको हक हितको बिषयमा सरकारको ध्यानाकर्षण गराएको बताउनु भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय