Sunday, October 6, 2024

नेपाल भारत खुला सीमाका कारण अपराधिक गतिविधि बढ्यो: सीमाविद् वुद्धिनारायण श्रेष्ठ (भिडियो सहित)

spot_img
अर्पित राई

२१ भाद्र, काठमाडैं । नेपालको दक्षिणी क्षेत्र तर्फ १७ सय किलोमिटर खुला सीमा र अव्यवस्थित सुरक्षा क्षेत्र प्रणालीका कारण दिन प्रतिदिन अपराधिक गतिविधि बढेको छ । बढ्दो सीमा वारपार अपराध दुवै देशका लागि निकै ठुलो टाउको दुखाइको विषय भएको छ । विगतमा दुवै देशका सुरक्षादेखि उच्च राजनीतिक तहसम्म अन्र्तसीमा अपराध नियन्त्रण गर्न छलफल र सहमति भएपनि अपराध भने खासै रोकिएको छैन । सीमा क्षेत्रमा नेपाली सुरक्षा स्थिति कम्जोर हुदा भारतिय दवावबाट सीमा क्षेत्रका बासिन्दाले सास्ति खेप्नु परिरहेको छ ।


नेपाल र भारत बीचको १७०० किलोमिटर भन्दा बढी खुला सीमाका कारण भारतीय नागरिक स्वतन्त्ररुपमा नेपाल आउने र नेपाली नागरिक भारत जाने परमपरा वर्षौ देखी चल्दै आएको छ । पछिल्लो समय खुला सीमानाका कारण अपराधिक घटनाहरु सीमा क्षेत्रमा दिनप्रति दिन बढिरहेका छन ।

सिमा क्षेत्रका समस्या समाधान गर्न दुवै देशका सरकारले कुटनितिक टोलि बनाए पनि त्यसको सुनुवाई र त्यसप्रति सरकारको ध्यान जान नसक्दा सीमा क्षेत्रमा समस्या देखिएको हो । बुधवार राजधानिमा गरेको खुला सिमा नियमनका अवसर र चुनैतिहरु विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले सीमा समस्या समाधान गन सरकारसंग माग गर्दै विभिन्न धारणहरु राखेका छन । नेपालको सीमानामा भारत जाने र भारतबाट नेपाल आउनेहरुको कुनै तथ्याङक छैन ।

जसको कारण नेपालमा दैनिन अपराधिक घटनाहरुमा बृद्धि भइरहेको दखेखिन्छ । खुल्ला सीमाननका कारण केहिको दैनिक चलेपनि अर्काेतर्फ हतियार, लागुऔषध र मानव तस्करबाट करोडौ कमाउने माफियाहरुको सोझै प्रवेश पाउने गरेका छन् । दक्षिणि सीमाना क्षेत्रमा भारतस“ग जोडिएका नाकाहरुबाट नक्कली भारतिय नोट, लागु औषध, मानवतस्करी बढेको हुदा नेपाली सीमा खुला मात्र नभई पूर्ण रुपमै खुल्ला भएको सिमाविद् वुद्धिनारायण श्रेष्ठको भनाइ छ ।

अपराधिक क्रियाकलाप खुलासीमाका कारणले मात्र नभएको काठमाडौं विश्व विद्यालयका उद्दव प्याकुरेलको भनाइ छ । अमेरीका जस्तो देशमा पनि अपरधिक गतिविधि हुजे भएकाले खुला सीमाना हुँदा अपराधिक गतिविधि हुने र बन्दहुदा अपराधिक क्रियाकलाप नहुने भन्ने कुरा, गलत रहेको प्याकुरेको बुझाइ छ ।

बाइटनेपालको कम्जोर सुरक्षा प्रणलीप्रति लज्जासपद आरोप लगाएको परराष्ट्रमामिला अध्यन केन्द्रका उपकार्यकारी निर्देशक डा. इन्द्रकुमारी अधिकारीको भनाइ छ । उनले अरुको देशले गर्दा अपराधिक गतिविधि बढेको भन्दे दोष दिनु भन्दा आफ्नो देशको सुरक्षालाई मज्बुद बनाउदै सीमालाई नियमीत र व्यवसस्थित गर्दै नया“ प्रविधिको विकास गर्नु पर्ने तिर सबैको ध्यान जान जरुरहेको बताइन ।

विज्ञान र प्र्रविधिको युगमा अपराधमा संघलग्न भएकाहरुले विभिन्न प्रविधि अपनाइरहेको अवस्थामा सीमा सुरक्ष्ँको निम्ती आवश्यक प्रविधिको विकासमा ध्यान केन्द्रित गरी सीमा नियमनका लागी दुवै देशले राजनितिक कुटनितिक पक्षवाट लाग्नु जरुरी छ । सम्बन्धित निकायले सिमा नियमन र सिमा अपराधबारे सजग नबने देश अपराधीक गतिविधिको अखाडा नबनला भन्न सकिदैन । भिडियो हेर्न https://www.youtube.com/watch?v=UPOY0pO-C5g

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय