Sunday, October 6, 2024

अमेरिकाले स्वतन्त्रता दिवस मनाउने क्रममा भएका घटनामा ३३ जनाको मृत्यु

spot_img

संयुक्त राज्य अमेरिकाले २ सय ४८ औँ स्वतन्त्रता दिवस मनाउने क्रममा भएको घटनामा ३३ जनाको ज्यान गएको छ । पछिल्लो तीन दिनमा गोलीबारी र अन्य प्रकारका हिंसाले देशभरि कम्तीमा ३३ जनाको ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अमेरिकाले अस्ति जुलाई ४ तारिखमा स्वतन्त्रता दिवस मनाएको थियो । हिजो बिहान शिकागोमा मात्र गोलीकाण्डमा ११ जनाको ज्यान गएको थियो भने ५५ जना घाइते भएका समाचार संस्था एपीले जनाएको छ । स्वतन्त्रता दिवस मनाइरहेको अमेरिकालाई गोलीकाण्डका घटनाले स्तब्ध बनाएको खबरमा उल्लेख छ ।

यस्तै हिजो बिहान क्यालिफोर्नियाको हन्टिङटन बीचमा आतिशबाजी कार्यक्रम समाप्त भएपछि भएको आक्रमणमा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । यस्तै बोस्टनमा तीन वटा गोलीकाण्ड भएकोमा एक जनाको ज्यान गएको छ ।

अमेरिकामा विभिन्न सुखद घटनाहरूमा गोलीकाण्ड धेरै हुने गरेका छन् । यो वर्ष अर्थात् सन् २०२४ को पहिलो दिन भएका गोलीकाण्डमा १५ जनाको ज्यान गएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय