Monday, July 8, 2024

युरोकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल हुँदै

काठमाण्डौ ।  युरोकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाली समय अनुसार राति पौने १० बजे स्टटगार्ट एरेनामा स्पेन र जर्मनी खेल्दैछन् ।

यस्तै राति पौने १ बजे ह्याम्बर्गमा पोर्चुगल र फ्रान्सबीच खेल हुनेछ । जर्मनी समूह ‘ए’ र स्पेन समूह ‘बी’ मा शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेका हुन् ।

यसैगरी पोर्चुगल समूह ‘एफ’ मा शीर्ष स्थान र फ्रान्स समूह ‘डी’ मा दोश्रो हुँदै क्वाटरफाइनलमा पुगेका हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित
थप

लोकप्रिय