Monday, July 8, 2024

सुडानको दक्षिणपूर्वमा रहेको ब्लु नाइल नदीमा डुङ्गा डुब्दा २५ जनाको ज्यान गयो

सुडानको दक्षिणपूर्वमा रहेको ब्लु नाइल नदीमा डुङ्गा डुब्दा २५ जनाको ज्यान गएको छ । सिन्जामा जारी नी सेना र अर्धसैनिक बलबीचको जारी युद्धबाट भाग्न खोजेर छिमेकी राज्य गेडारेफमा जान लागेका २५ जनाको डुबेर ज्यान गएको हो । ज्यान गुमाउनेमा धेरै महिला र बालबालिका रहेका अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

पाँच लाखभन्दा धेरैले युद्धबाट बच्नका लागि शरण लिएको सेन्नार राज्यको राजधानी सिन्जामा आरएसएफले केहीदिनअघि सैन्य आधार नियन्त्रणमा लिएर कारवाही गरिरहेका थियो । प्रत्यक्षदर्शीका अनुसार आरएसएफले त्यहाँका बासिन्दालाई नाइल नदीपारि काठको सानो डुङ्गामा भाग्न बाध्य बनाएको थियो ।

संयुक्त राष्ट्रसङ्घले तीन दिनमा सिन्जाबाट कम्तिमा ५५ हजार जना मानिस भागेको बताएको छ । छिमेकी राज्य गेडारेफमा यो हप्ता मात्र एक लाख २० हजार विस्थापित मानिस आएको स्थानीय अधिकारीले अनुमान गरेका छन् । सुडानमा समग्रमा एक करोडभन्दा बढी मानिस विस्थापित भएका छन् । यसलाई राष्ट्रसङ्घले विश्वको सबैभन्दा खराब विस्थापन सङ्कट भनेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित
थप

लोकप्रिय