Friday, November 22, 2024

४ जना बाल बालिकालाई पढाउने जिम्मेवारी ग्रहण गर्दै सिजल एण्ड सिस्टर

spot_img

झापाको बुद्दशान्ती – ४ हापेन चौकमा एक दम्पतीको १९ दिनको फरकमा निधन भएको छ । यो निधन सँगै ४ जना नाबालक सन्तानहरुको भबिष्य अन्योलमा देखिएको छ । यो अवस्थामा यो परिवारलाई साथ दिन हाल अमेरिकामा रहेका समाजसेवी मेघ सुबेदी द्वारा सन्चालित सिजल एण्ड सिस्टर द्वारा ४ जना बच्चाहरुको पढाउने जिम्मेवारी बहन गर्ने उनकै घरमा सस्थाका प्रतिनिधि अभी अधिकारी र बेलडाङ्गी क्याप सचीब सन्चहाङ सुब्बा घरमा पुगेर प्रतिबद्दता गरेका छन् ।

तत्काललाई केही खाधान्न सामाग्री राहत प्रदान गरिएको छ । स्थानिय समन्वय स्थानिय सुरेन शेर्माले गर्नुभएको छ । सिजल एण्ड सिस्टर द्वारा बिगत बर्ष देखी नै बिभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ । गएको ज्येष्ठ ११ गते ३५ बर्षिय आमा सुधा माबोको देहावसान भएको थियो भने १९ दिन पश्चात अर्थात ज्येष्ठ २९ गते ४२ बर्षका बुवा केशब माबोको निधन भएको थियो । आमालाई छोपुवा बिराम भएको र घरमा नै उनको अकल्पनिय ढंगले निधन भएको हो । बुवा भने ज्याला मजदुरी गर्ने मिस्त्री काम गर्ने भएकोले काम गरेको साइडमा नै उभिकै अवस्थामा लडेर निधन भएको थियो ।

यो परिवारको आर्थिक अवस्था निकै नै दयनीय रहेको छ र अत्यन्त जिर्ण अवस्थामा रहेको घर बाहेक केही छैन । कक्षा -१२ मा पढ्दै गरेकि जेठी छोरी अन्जिना माबोको काधमा अहिले आफु भन्दा साना ३ जना भाई र बहिनिहरुलाई हुर्काउने , पढाउने र अभिभावकले खेल्नु पर्ने सबै जिम्मेवारी थपिएको छ । आँफै नै नाबालक रहेको एन्जिलालाई अब कसरी आउने दिन कस्तो हुन्छ भन्ने कुरा थाहा छैन । सबै भन्दा सानी बहिनी ७ बर्षकी अर्को बहिनी ८ बर्षकी र एक १५ बर्षका भाईलाई हेर्ने जिम्मेवारी उनलाई आएको छ । उनी आँफैलाई नै अहिले आफ्नो पढाईमा समय दिनु पर्ने अवस्था रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय