Monday, July 8, 2024

भारतको उत्तर प्रदेशमा धार्मिक कार्यक्रममा भागदौड हुँदा एक सय १६ जनाको ज्यान गयो

भारतको उत्तर प्रदेश हाथरसमा आयोजना भएको एक धार्मिक कार्यक्रममा भागदौड हुँदा एक सय १६ जनाले ज्यान गुमाएका छन् । हिन्दूको सत्सङ्ग कार्यक्रममा भएको घटनामा अरू धेरै मानिस घाइते भएकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बीबीसीले जनाएको छ ।

ज्यान गुमाउनेमा धेरै महिला र बालबालिका रहेका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार कार्यक्रमका कथावाचक भोले बाबा भनिने गुरुको प्रवचन सुन्न हजारौंको सङ्ख्यामा जम्मा भएको भिडमा भागदौड भएको थियो ।

यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको छानबिन गर्न आदेश दिनुभएको छ । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले हाथरस घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभएको थियो । उत्तर प्रदेश सरकारले पनि मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित
थप

लोकप्रिय