Saturday, October 5, 2024

कोपा अमेरिका फूटबलको समूह चरणमा जीत निकाल्दै भेनेजुएला र इक्वेडर क्वाटरफाइनलमा प्रवेश

spot_img

भेनेजुएला कोपा अमेरिका फूटबलको समूह चरणमा शतप्रतिशत जीत निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह बी को अन्तिम खेलमा आज बिहान जमैकालाई ३–० गोलले हराएर भेनेजुएला क्वाटरफाइनलमा पुगेको हो ।टेक्ससमा भएको खेलमा भेनेजुएलाका एडवार्ड बेलो, जोस सालमोन र एरिक रेमिरेजले गोल गरे । जमैकाले भने गोल फर्काउन सकेन । यो खेलसँगै जमैका समूह चरणका सबै खेलमा हार व्यहोरेर बाहिरिएको छ ।

यसैबीच समूह बी कै अर्को खेलमा इक्वेडर र मेक्सिोकोले गोलरहित बराबरी खेलेका छन् । आज बिहानको खेलमा बराबरी भएपछि इक्वेडर क्वाटरफाइनलमा प्रवेश गरेको छ भने मेक्सिको प्रतियोगिताबाट बाहिरिएको छ ।दुवै टिमको समान चार अङ्क भए पनि गोल अन्तरका आधारमा इक्वेडर क्वाटरफाइनलमा प्रवेश गरेको हो । क्वाटरफाइनलमा भेनेजुएलालले क्यानडासँग खेल्दा इक्वेडरले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय