Monday, July 8, 2024

कोपा अमेरिका फुटबलमा उरुग्वेले बोलिभियालाई ५–० गोलले हरायो

कोपा अमेरिका फुटबलमा समूह सी अन्तर्गत आज भएका खेलमा उरुग्वे र पानामाले जीतेका छन् । मेटलाइफ स्टेडियममा भएको खेलमा उरुग्वेले बोलिभियालाई ५–० गोलले हरायो । उरुग्वेका लागि फाकुण्डो पेलिस्ट्री आठौं, डर्वीन नुनेजले २१ औं, म्याक्सिमिलियानो अरौजो ७७ औं, फेडेरिको भल्भर्डले ८१ औं र रोड्रिगो बेनटेनकरले ८९ औं मिनेटमा समान एक गोल गरे ।

यस्तै आजै भएको पहिलो खेलमा पानामाले अमेरिकालाई हराएको छ । मर्सिडिज वेञ्च स्टेडियममा आज भएको खेलमा पानामाले अमेरिकालाई २–१ गोल अन्तरले हराएको हो । अमेरिकाका लागि फोलारिन बलोगनले खेलको २२ औं मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । पानामाका केशर ब्ल्याकम्यानले २६ औं मिनेटमा गोल गरेर खेलमा बराबरी बनाए । त्यस्तै जीतका लागि खेलको ८३ औं मिनेटमा जोसे फर्डाजोले गोल गरेपछि पानामाले अमेरिकालाई हराउन पुग्यो ।

यो जीतसँगै उरुग्वे तीन खेलबाट नौ अङ्कसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ । यस्तै अमेरिका दुई खेलबाट तीन अङ्कसहित दोस्रो, समान अङ्क भएको पानामा तेस्रो र पुछारमा रहेको बोलिभिया अङ्कविहिन छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित
थप

लोकप्रिय