Saturday, October 5, 2024

टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ को खेलमा इङ्ग्ल्यान्डको सानदार जित

spot_img

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ को खेलमा इङ्ग्ल्यान्डले जित हात पारेको छ।

आज भएको सुपर ८ को दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले हराउँदै इङ्ग्ल्यान्डले सानदार जित हात पारेको हो।टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको वेस्ट इन्डिजले निर्धारित ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो। १८१ रनको लक्ष्यसहित मैदान उत्रेको इङ्ग्ल्यान्डले १७/३ ओभर खेल्दै जम्मा २ विकेटको क्षति जित हात पार्‍यो।

वेस्ट इन्डिजका बलरमाथि सुरुदेखि नै हावी भएका इङ्ग्ल्यान्डका फिल साल्टले नट आउट रहँदै सर्वाधिक ८७ रनको पारी खेले भने जोनी बरिस्टोले नट आउट रहँदै ४८ रन जोडे। त्यस्तै जोस बटलरले २५ रन बनाउँदा मोइन अली १३ रनमा आउट भए। वेस्ट इन्डिजका लागि रोमारियो सेफर्ड र रोस्टन चेजले समान १र१ विकेट लिए।

त्यसअघि ब्याटिङ्ग गर्न मैदान उत्रेको वेस्ट इन्डिजका लागि जोनसन चाल्र्सले ३८, निकोलस पुरन र रोभमन पवेलले समान ३६/३६ रनको पारी खेले भने सेरफेन रुथफोर्डले २८ अनि ब्रान्डन किङ्गले २३ रन बनाए। तर, त्यो जितका लागि पर्याप्त भएन। इङ्ग्ल्यान्डका लागि जोफरा आर्चर, आदिल रसिद, लियाम लिभिङ्स्टोन र मोइन अलिले समान १/१ विकेट लिए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय